Home Breaking News गाेरखा नगरपालिका वडा नम्बर १३ मा दलित महिला मित्र कुमारी परियार वडा...

गाेरखा नगरपालिका वडा नम्बर १३ मा दलित महिला मित्र कुमारी परियार वडा अध्यक्ष निर्वाचित

बुधबार, जेष्ठ ४, २०७९
0
254
गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १३ काे वडा अध्यक्ष पदमा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएकी मित्र कुमारी परियार निर्वाचित भएकी छन् । उनले ६३२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिष्पर्धी हरि बहादुर खनालले ६२८ मत प्राप्त गरेकी छन् ।
निर्वाचित अध्यक्ष परियारले आफूले यस अघि पनि समाजमा रहेर काम गरेकाे र अव पनि सत्तामा रहेर सबै नागरिकहरुलाइ समान व्यवहार गरी सेवा गर्ने बताइन । दलित महिला वडा अध्यक्षमा निर्वाचित हुन पाउँदा निक्कै खुशी लागेकाे उनले बताइन ।  आफूलाइ विश्वास गरेर टिकट दिने पार्टी नेपाली काँग्रेसलाइ धन्यवाद दिन्छु, उनले भनिन ।
गण्डकी प्रदेशमा वडा अध्यक्ष पदमा दलित महिला निर्वाचित हुने उनी नै पहिलाे भएकाे आफूलाइ जानकारीमा आएकाे गण्डकी प्रदेश निर्वाचन आयाेगका  प्रमुख हुमनाथ अधिकारीले बताए । यसैगरी जनता समाजवादी पार्टीका रामभक्त खनालले ३९२ मत प्राप्त गरेका छन् ।

NO COMMENTS