Home Breaking News गण्डकी गाउँपालिका पूर्ण खाेपयुक्त घाेषणा

गण्डकी गाउँपालिका पूर्ण खाेपयुक्त घाेषणा

बुधबार, असार २२, २०७९
0
173

भूम्लिचोक, २१ असार । गोरखा जिल्लाको गण्डकी गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । आज एक समारोहका बिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

आवश्यक मापदण्ड पूरा भएकोले पूर्णखोपयुक्त गाउँपालिका घोषणा गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना साकारले बताउनुभयो । गण्डकी गाउँपालिका गोररखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त स्थानीय तह बन्न सफल भएको छ ।

NO COMMENTS