Home Breaking News धार्चे गाउँपालिकाद्वारा सेवा दिने कर्मचारीलाइ धन्यवाद प्रदान गर्दै करार कर्मचारीलाइ विदाइ

धार्चे गाउँपालिकाद्वारा सेवा दिने कर्मचारीलाइ धन्यवाद प्रदान गर्दै करार कर्मचारीलाइ विदाइ

शुक्रबार, असार ३१, २०७९
0
227

धार्चे गाउँपालिकाकाे सभाकाे तस्वीर ।

गाेरखा । धार्चे गाउँपालिकाकाे गाउँ कार्यपालिका बैठकले पालिकामा रहेर करार सेवामा रहेका कर्मचारीहरुले पुर्याएकाे याेगदानकाे कदर गर्दै करारमा रहेका कर्मचारीहरुलाइ विदाइ गरेकाे छ ।  शुक्रबार बसेकाे बैठकले करार सेवामा रहेका कर्मचारीहरुलाइ धन्यवाद प्रदान गर्दै साउन १ गतेबाट काममा नआउन निर्देशन गरेकाे छ । उनीहरुकाे यहि असार मसान्तमा करार सम्झाैता सकिन लागेकाे छ ।  करारमा रहेका कर्मचारीहरुलाइ आर्थिक वर्ष २०७९।०८० देखि काममा नलगाउने निर्णय गरेकाे हाे ।

बैठकले माछाखाेला क्षेत्र हाल सम्म खानेपानीकाे व्यवस्था नभएकाेले  शुद्ध खानेपानी सहित  एक घर एक धारा जडान गर्ने निर्णय समेत गरेकाे छ ।

NO COMMENTS