गाेरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिकाले अनलाइन प्रविधिबाट सेवाग्राहीलाइ सेवा दिन सुरु गरेकाे छ । वडामा दिएकाे आवश्यक कागजपत्र सहितकाे निवेदनका आधारमा अनलाइनबाट सेवा दिन थालिएकाे प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए ।
जन्म,मृत्यु, बसाइसराइ, विवाह लगायतका घटना दर्ता अनलाइनबाट सेवा दिइरहेका छाैँ । याेजना सम्झाैता लगायतका सेवाहरु समेत अनलाइनबाट दिने गरी कार्य अघि बढाएका छाैँ अधिकारीले भने ।
आइतबार सँघीय साँसद हरीराज अधिकारी, प्रदेश साँसद लेख बहादुर थापाले पालिकाकाे अवस्थाका बारेमा जानकारी लिएका थिए । साँसद अधिकारीले नागरिकहरुले सेवा सहज पाउने गरी सेवा प्रदान गर्न आग्रह गर्दै भीमसेन थापा गाउँपालिकाकाे समग्र विकासकाे लागि आफूले सकेकाे सहयाेग गर्ने बताए ।