साउन : चिप्लिएर लड्न पुग्दा एक पुरुषको मृत्यु भएको छ । गाेरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ स्थित टारीफाँट सामुदायिक बनमा घाँस काटेर फर्कदै गरेका स्थानीयबासी ५० बर्षका दयाराम लामिछानेको चिप्लिएर लड्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।
दिउँसो करिब ३ बजे बजे घाँस लिएर फर्कदै गरेका लामिछाने चिप्लिएर झण्डै २० मिटर तल पुगेको डिएसपी लामिछानेको भनाई छ । लडेर गभ्भीर घाइते भएका उनलाई उपचारका लागि आरुचनौटे प्राथामिक स्वास्थय केन्द्रमा पुर्याएकाे भएपनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी लामिछानेले बताए ।
घटना लगत्तै प्रहरीको टोलीको प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टम गरि अन्यष्टीका लागि परिवारको जिम्मा लगाइएको उनकाे भनाइ छ ।