गाेरखामा काेराेना सङक्रमितकाे सँख्या ८ पुग्याे

बिहिबार, साउन ५, २०७९
0
161

जिल्लामा काेराेना सङक्रमितकाे सँख्या आठ जना पुगेकाे छ । गोरखा नगरपालिकामा छ जना, पालुङटार नगरपालिका र भिमसेनथापा गाउँपालिकामा एक/एक जना कोरोनाको संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज विहिबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार तीन जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको हाे । गोरखा अस्पतालमा चार जना महिला र एक जना पुरुषमा गरिएको चेकजाँचमा क्रममा तीन जना महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here