गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा औषधी खरिद गर्दा ३० लाख ८४ हजार ८ सय ३२ रुपैयाँ घाेटला गरेकाे छ । ५ लाख रुपैयाँ भन्दा माथिकाे बाेलपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेर सार्वजनिक रुपमा माग गर्नुपर्नेमा अध्यक्ष र उपाध्यक्षकाे मिलिमताेमा आफू मातहतका मेडिकल फर्मलाइ औषधी खरिद गर्नका लागि रकम प्रदान गरेका हुन् ।
औषधी खरिदकाे विल कार्यालयमा आएपनि औषधी आएकाे नदेखिएकाे महालेखा प्रतिवेदनले जनाएकाे छ । यसबाट दुर्गम क्षेत्रका झण्डै ३१ लाख रुपैयाँ घाेटला भएकाे हाे । अधिकाँश रकम अनावश्यक शिर्षकमा नियम विपरित खर्च भएकाे महालेखा प्रतिवेदन २०७९ मा उल्लेख छ । सबै भन्दा धेरै वेरुजु रहेकाे गाउँपालिका धार्चे गाउँपालिका हाे । तत्कालिन पालिका अध्यक्ष र उपाध्यक्ष सन्त बहादुर गुरुङ र फूलमाया गुरुङ रहेका थिए ।






