गाेरखा । राेटरी क्लव अफ गाेरखा राेट्रयाक क्लव अफ गाेरखाकाे सँयुक्त आयाेजनामा आज गाेरखा जिल्ला अस्पतालमा चार थान ह्वील चियर प्रदान गरिएकाे छ ।
सँस्थाका अध्यक्ष कृष्ण प्रसाद ढकाल लगायतकाे समूहले आज जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार शर्मा र अस्पताल विकास सेवा समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठलाइ हस्तान्तरण गरेका हुन् ।
विरामीलाइ अस्पतालमा आउजाउ गर्न सहज हाेस भनेर ह्वील चियर प्रदान गरिएकाे राेटरी क्लव अफ गाेरखाका अध्यक्ष कृष्ण प्रसाद ढकालले बताए । ह्वील चियर अस्पतालमा आवश्यक भएकाे समयमा प्राप्त भएकाेले सहयाेग गर्ने सँस्था राेटरी र राेट्रयाक अफ गाेरखालाइ अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले धन्यवाद प्रदान गरे ।