Home Breaking News माओवादी सांसद सुनारले सँसदमा सम्बाेधन गरेसँगै नागरिकतामा भएकाे अपमानजनक शब्द सच्याउन गृह...

माओवादी सांसद सुनारले सँसदमा सम्बाेधन गरेसँगै नागरिकतामा भएकाे अपमानजनक शब्द सच्याउन गृह मन्त्रालयको निर्देशन

सोमवार, साउन २३, २०७९
0
230

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक शब्द प्रयोग गरिएकोमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहले माओवादी सांसद भुवन बहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेपछि गृहले उक्त निर्देशन दिएको हो ।गृहले सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन भनेको हो ।

‘दलित समुदायलाई नागरिकता दिने बेलामा कर्मचारीले कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण दिँदै सांसद भुवनबहादुर सुनुवारले दलितलाइ अपमान गरिएको भन्दै आज बसेको राष्ट्रियसभाको बैठकमा प्रश्न उठाएका थिए । ‘दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?’सांसद सुनुवारले प्रश्न गरेका थिए ।

दलित समुदायका व्यक्तिलाई अपमान गर्नकै लागि त्यतिबेलाका सरकारी कर्मचारीले उनीहरुको नाम त्यस्तो राखिदिएको उनको दाबी छ । ‘नागरिकता लिन जाँदा ति हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ?’ भन्दै उनले प्रश्न गरेका थिए ।

सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखेको पाइएकाले त्यस्ता नाम सच्याउन गृहमन्त्रालयलाई आग्रह गरेपछि गृहले नागरिकता सच्याउन निर्देशन दिएको हो ।

विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरुप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । गाेरखा पालुङटार घर भएका साँसद सुनार लामाे समयदेखि माओवादी पार्टीमा सक्रिय रहँदै आएका छन् ।

NO COMMENTS