Home Breaking News गाेरखामा पक्राउ परेर आँवुखैरेनीका लागु औषध काराेवारी

गाेरखामा पक्राउ परेर आँवुखैरेनीका लागु औषध काराेवारी

बुधबार, साउन २५, २०७९
0
145

साउन, २५ गाेरखा । गोरखामा आँवुखैरेनीका  लागुऔषध काराेवारी पक्राउ परेका छन् । लागु औषध  सहित दुई युवक पक्राउ परेका हुन् । प्रहरीले मंगलबार साझँ शहिद लखन गाउँपालिका ३ दरौंदी नयाँपुलको द सेरुजा रेष्टुरेन्टबाट लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आबुँखैरेनी गाउँपालिका ३ चिसापानीका ३२ बर्षका उमेश श्रेष्ठ र युवराज गुरुङ रहेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनीहरुको साथबाट डाइजोपाम एम्पुल,नोफिन एम्पुल र फेनेरागन ४८/४८ थान र सिरिञ्ज ५ थान बरामद गरीएको डिएसपी लामिछानेले बताए ।

पक्राउ परेका दुबैजनालाई आज लागु औषध मुद्धा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थपको अनुमति लिईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

NO COMMENTS