साउन २४ , गोरखा नगरपालिका । नगर स्थित रत्नलक्ष्मी माध्यमिक विद्यालयमा व्यवस्थापन समितिले कार्य सम्पादनकाे आधारमा प्रधानाध्यापक छनाैट गरेकाे छ । विद्यालयकाे सुधारका लागि कार्यरत रहेकाे प्रधानाध्यापककाे काम सन्ताेषजनक भएकाे नपाएमा विकास प्रस्तावना माग गर्ने र त्यसमा चित्त नबुझेमा समितिकाे निर्णय गराइ विद्यालयमा कार्यरत शिक्षकहरु मध्येबाट नयाँ प्रधानाध्यापक छनाैट गर्ने प्रावधान रहेकाे छ ।
शिक्षाकाे सुधारका लागि जानकार रहेकाे विद्यालय व्यवस्थापन समिति रत्नलक्ष्मी माविमा भएकाे कारण कार्य सम्पादन चुस्त नराख्ने प्रधानाध्यापक हटाएर नयाँ प्रधानाध्यापक नियुक्त गर्ने काम नियमसँगत रहेकाे शिक्षाविदहरुकाे भनाइ छ । विद्यालय व्यवस्थापन समितिलाइ दिएकाे अधिकार उनीहरुले प्रयाेग गरे, याे सबै शिक्षाकाे सुधारका लागि हाे, अव कुनैपनि निकायलाइ याे हुँदैन भन्ने अधिकार हुँदैन उनले भने ।
२३ बर्षदेखि प्रअको रुपमा काम गर्दै आएकाे व्यक्ति जीवनभर म बाहेक अरु सक्षम छैनन भन्दै आफूलाइ मात्र विश्वास गर्नु शिक्षा विराेधि हर्कत हाे उनले भने । आफूलाइ ठूलाे नेता मान्ने र विद्यालयलाइ हिउँदे गाेठकाे मान्यता समेत नदिने प्रवृतिका प्रधानाध्यापकहरुलाइ गाेरखा नगरपालिका भित्रका अन्य विद्यालयले समेत हटाउन विकास प्रस्ताव माग गर्नुपर्ने आवाज यतिबेला उठेकाे छ ।
डुम्री डाँडा स्थित रत्न लक्ष्मी मावि शिक्षक पूर्ण कुमार श्रेष्ठ प्रधानाध्यापक भएका हुन्। २३ वर्षदेखि आफू प्रधानाध्यापक रहेकाे र आफूले नै जीवनभर प्रधानाध्यापक पाउनुपर्ने माग गर्दै यस अघि विद्यालयकाे निमित्त प्रधानाध्यापक रहेकी साधाना त्रिपाठीले आलाप विलाप गरेकी छन् ।
आफू महिला भएकाे कारण हटाइएकाे आराेप उनकाे छ । उनले समितिकाे अधिकार बारेमा अध्ययन गर्न बाँकी रहेकाेले साे अध्ययन सार्वजनिक अभिव्यक्ति दिनुपर्ने अवस्था विज्ञप्तिकाे अध्ययन गर्नेहरु बताउँछन् । विज्ञप्ती नाम दिइएकाे त्रिपाठीकाे कल्पनामा आधारित लेखका अनुसार उनले शिक्षा नियमावली अध्ययन गर्न बाँकी रहेकाे छ ।