Home पर्यटन गाेरखाका धन बहादुर गुरुङ बने टानका उपाध्यक्ष

गाेरखाका धन बहादुर गुरुङ बने टानका उपाध्यक्ष

मङ्लबार, साउन ३१, २०७९
0
163

ट्रेकिङ एजेन्सिज एशोसिएशनअफ नेपाल (टान) को द्वितीय उपाध्यक्षमा गोरखाका धनबहादुर गुरुङ निलहरी बास्ताेला समूहबाट निर्वाचित भएका छन् । प्रतिस्पर्धी दावा लामा(तामाङ)लाई ३१६ मतले पछि पार्दै ५९८ मत ल्याई निलहरी बास्तोला प्यानलबाट गुरुङ विजयी भएका हुन् ।

गुरुङ अजीरकोट गाउँपालिका ४ गोगनपानी निवासी हुन् । उनी ट्रेक इथिक एड्भेञ्चर कम्पनीका मेनेजिङ डाइरेक्टर रहेका छन् । गुरुङले गाेरखा जिल्लाकाे पर्यटन र स्वास्थ्य क्षेत्रमा विभिन्न सँघ सँस्थाकाे सहयाेगमा सेवा पुर्याउँदै आएका छन् । स्वास्थ्य क्षेत्रमा अजिरकाेटमा गुरुङकाे पहलमा ६ स्थानमा उपकरण सहितकाे वर्थिङ सेन्टर सञ्चालनमा रहेकाे छ ।  तिलगँगा आँखा अस्पतालकाे सहकार्यमा अजिरकाेटमा आँखा उपचार केन्द्र समेत गुरुङकाे पहलमा स्थापना भएकाे छ ।

साथै टानको अध्यक्षमा ६१६ मत ल्याई निलहरी बास्तोला विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित विजयी भएका छन् ।  महासचिवमा विनोद सापकोटा विजयी भएका छन् ।

सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सेना, सहकोषाध्यक्षमा छिङ दोर्जी शेर्पा विजयी भएका छन् । टानकाे अधिवेशनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा समाजवादी पार्टीका व्यावसायीहरु गठबन्धन बनाइ निर्वाचनमा सहभागि भएका थिए ।

NO COMMENTS