मलामी गएका अधिकारी मर्स्याङ्दी नदिमा बेपत्ता

मङ्लबार, साउन ३१, २०७९
0
139

गोरखा । जिल्लाकाे रामशाह घाटमा आज शव जलाउन गएका १ जना पुरुषलाई नदीले बगाउदा बेपत्ता भएका छन् ।

गोरखा नगरपालिका १३ देउराली सिम्ले फाँटका ५५ बर्षिय भुवनबहादुर अधिकारीलाई दरौदी र मस्र्याङदी नदीले बगाएको  जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।

बेपत्ता अधिकारीकाे खाेजी स्थानीय नागरिक र प्रहरीले  गरिरहेका छन्  ।

imagesअधिकारीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा चितवनको कुरिनटारमा रहेको बिपत ब्यवस्थापन तालिम शिक्षालयबाट गोताखेरको टोली परिचालन गरिएको छ ।

 

मंगलबार बिहान ११:०० बजेतिर भएको घटना लगत्तै उनका आफन्त, नेपाल प्रहरी र सशत्र प्रहरीको गोताखोर टोलीले तनहुँको आँबुखैरेनीदेखी मुग्लीनको त्रिशुली नदी वरपर खोजी गरिरहेको आफन्त रिक्त बानियाँले जानकारी दिए ।

शव जलाएर मलामी फर्कने क्रममा अधिकारीले मुख धोएर आउछु भन्दै नदी भित्र छिर्ने बित्तिकै पानीको वहावले बगाएको मलामी गएका मध्ये १ जनाले गोरखा समाचारलाई जानकारी दिए । ‘दरौदी र मस्र्याङदी नदीको भंगालोले बगाएर बिच भागमा पुरयाए पनि उनी एक पटक उठेको तर पुनः पानीले बगाए’ उनले बताए ।

बेपत्ता अधिकारीको खोजी कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here