Home Breaking News पृथ्वीनारायण शाहकाे प्रतिविम्वसँग तस्वीर खिच्न पाइने

पृथ्वीनारायण शाहकाे प्रतिविम्वसँग तस्वीर खिच्न पाइने

बुधबार, भदौ १, २०७९
0
154

भदाै, १ गाेरखा । ऐतिहासिक गोरखा दरबार परिसरमा  नेपाल एकिकरणका अभियान्ता  तत्कालिन राजा पृथ्वीनारायण शाह जस्तै नक्कली पृथ्वी नारायण शाहसँग बसेर तस्विर खिच्न पाइने भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको मूलगेटमा पृथ्वीनारायण शाहको नक्कली तर सचिव स्वरुप प्रतिबिम्ब खडा गर्ने व्यवस्था गरेपछि दरबार संग्राहलय पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले पृथ्वी नारायण शाहको प्रतिबिम्बसंग बसेर तस्विर खिचाउन पाउने भएका हुन् ।

संग्राहलयमा आजदेखि ‘प्रतिबिम्वमा श्री ५ पृथ्वीनारायण शाह’ शुभारम्भ भएसंगै पृथ्वीनारायण शाह र कालु पाण्डेको भेषमा सजिएर एक/एक व्यक्ति नियमित रुपमा दरबारको मूल गेट परिषरमा रहने व्यवस्था गरिएको समितिका सल्लाहकार राजुबावु जानकारी दिए । ‘पृथ्वी नारायण शाह र कालुपाण्डेको पोशाक सहितको प्रतिबिम्बमा बसेर तस्बिर खिच्नका लागि शुल्कको समेत व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो, ‘यसबाट ऐतिहासिक गोरखा जिल्ला भित्र आउने पर्यटकलाई तात्कालिन राजा पृथ्वीनारायण शाह र कालु पाँडेको बिषयमा जानकारी समेत प्राप्त गर्ने अबसर प्राप्त हुनेछ ।’

पृथ्वीनारायण शाहसित फोटो खिच्ने स्थानीयले २० रुपैयाँ तिर्नुपर्नेछ भने जिल्लाबाहिरका र विदेशी पर्यटकले ५० रुपैयाँ तिर्नुपर्नेछ व्यवस्था गरिएको छ । राजा पृथ्वीनारायण शाहको प्रतिविम्बका रुपमा स्थानिय ओमबहादुर श्रेष्ठले दैनिक ७ घण्टा राजशी भेषमा संग्रालयमा रहने बताए। त्यस्तै राजाका सहयोगि कालु पाँडे समेत प्रतिबिम्बको रुपमा अर्का एक व्यक्ति समेत नियमित रुपमा रहने समितिका सल्लाहकार श्रेष्ठले बताए ।

‘प्रतिबिम्वमा श्री ५ पृथ्वीनारायण शाह’ कार्यक्रमको शुभारम्भ गर्नुहुदै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले यहाँ रहेका ऐतिहासिक बिषयबस्तुलाई देश तथा बिदेशमा पुर्याएर जिल्ला भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले पहल र प्रयास गरिरहेको बताए। उनले बिकास समितिले गरेको कामको प्रसंसा गर्दै नगरपालिकाबाट आवश्यक सवै प्रकारको सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

गोरखा नगरपालिका उपप्रमुख सपना पुन, गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्दबावु जोशी (दिलिप) , वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर राना, ८ का वडाध्यक्ष ऋषिराम खत्री, जेष्ठ नागरिक केन्द्रिय सदस्य एवं गोरखा जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, समाजसेवी घिरजबहादुर मास्के लगायतको सहभागिता रहेको थियो ।

NO COMMENTS