Home Breaking News धार्चेमा ऐतिहासिक ताताेपानी मेला सुरु

धार्चेमा ऐतिहासिक ताताेपानी मेला सुरु

मङ्लबार, माघ १७, २०७९
0
143

गाेरखा । धार्चे गाउँपालिकामा  ऐतिहासिक तातो पानी मेला  सुरु भएकाे छ । मेलाकाे   गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति  नन्द प्रसाद न्यौपानेले उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि न्याैपानेले बेलाबखत हुने मेलाले ग्रामिण क्षेत्रकाे विकासमा सहायता पुग्नुका साथै आफ्न्तजनहरुकाे भेटघाट हुने बताए । गाेरखा जिल्लामा पर्यटनकाे राम्राे सम्भावना भएकाले आफूले त्यसकाे विकास लागि  सहयाेग गर्ने उनले बताए ।

कार्यक्रममा अतिथीहरु धार्चे गाउॅं पालिका अध्यक्ष लक्ष्मण गुरूङ, आरुघाट गाउॅं पालिका अध्यक्ष राजु गुरूङ, उपाध्यक्ष सुनिला गुरूङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

मालकुन्ती महिला समूहका अध्यक्ष हिमा गुरूङ को सभापतित्वमा भएकाे उद्घाटनसत्रकाे कार्यक्रम भएकाे थियाे । कार्यक्रम माघ २० गते सम्म चल्ने मेला सँयाेजक मिन बहादुर सुनारले बताए ।

NO COMMENTS