Home समाचार फागुन १ गते सार्वजनिक विदा

फागुन १ गते सार्वजनिक विदा

बुधबार, माघ २५, २०७९
0
133

गोरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकामा जनयुद्ध दिवसको दिन सार्वजानिक विदा हुने भएको छ । गाउँपालिकाले जनयुद्ध दिवसको दिन यहीँ फागुन १ गते सोमवार सार्वजानिक विदा दिने निर्णय गरेको हो ।

माघ १० गते बसेको गाउँकार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेकाे थियो । सार्वजनिक विदाको दिन गाँउकार्यपालिकाको कार्यालय, अन्तर्गतका कार्यालय र शौक्षिक संस्थाहरुमा बन्द हुने गाउँपालिकाले सार्वजनिक गरेकाे सूचनामा उल्लेख छ ।

जनयुद्ध दिवसको अबसर पारेर बारपाक सुलिकोट गाँउपालिकाले अन्तर मा.वि स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘राष्ट्र निर्माणमा शहिदको योगदान’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएकोे गाँउपालिकाले जनाएको छ । यस्तै दिवसको अबसरमा पालिका भित्र जनयुद्धमा सहादत प्राप्त गरेका शहिदहरुको संम्झनामा दिपप्रज्वलन कार्यक्रम गर्ने जनाइएको छ ।

NO COMMENTS