Home Breaking News जनयुद्ध दिवसका दिन गाेरखाका ६ पालिकामा सार्वजनिक विदा

जनयुद्ध दिवसका दिन गाेरखाका ६ पालिकामा सार्वजनिक विदा

शनिबार, माघ २८, २०७९
0
153

गाेरखा २८ माघ ।  जिल्लाका अजिरकाेट, पालुङ्टार नगरपालिका, बारपाक सुलिकाेट, धार्चे, गण्डकी, भिमसेन थापा गाउँपालिकाले  जनयुद्ध दिवसकाे दिन फागुन १ गते सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेका छन् ।

जनयुद्धकाे सुरुवात हुनु भन्दा अगाडि देशमा प्रजातान्त्रिक व्यवस्था कायम थियाे । १० वर्षे जनयुद्धले नागरिकहरुकाे चेतना स्तरमा व्यापक परिवर्तन गरेकाे  पाइन्छ । युद्धकाे क्रममा राज्य पक्ष र युद्धरत नागरिकहरुले सहादत प्राप्त गरेका थिए । देश शान्ति प्रक्रियामा आएसँगै युद्धका  गतिविधिहरु इतिहासमा रहन थालेका छन् ।

जनयुद्धले ल्याएकाे परीवर्तनकाे सम्मानका खातिर पालिकाहरुले सार्वजनिक विदा प्रदान गरेका पालिका जनप्रतिनिधिहरुले बताएका छन् ।

NO COMMENTS