नागरिकहरुको सूचना पाउने अधिकारको पूर्ण पालन गर्छौं : थापा मगर

शुक्रबार, माघ २७, २०७९
0
183

गोरखा २७ माघ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले नागरिकहरुले सूचना पाउने अधिकारलाइ पूणर् पालना गर्ने बताउनुभएको छ । सूचनाको हकका लागि जिल्ला सञ्जाल गोरखाले आज गरेको प्रथम अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहृँदै थापाले भन्नुभयो, “जनताको सेवाका लागि काम गर्नेले सूचना लुकाउनुपर्दैन, नागरिकहरुले मागेको सूचना दिनु सूचना अधिकारी र कार्यालय प्रमुखको कर्तव्य हुन्छ । ”

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तह सहित जिल्लाका सबै कार्यालय प्रमुख र सूचना अधिकारीहरुलाई राखेर छलफल चलाउनु आवश्यक रहको बताउनुभयो । सूचना नदिने अधिकारीलाइ नियम अनुसार स्पष्टिकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउन कसैले रोक्न नसक्ने बताउनुभयो । हिजोको भन्दा आज सूचना लिने र दिने क्रममा सुधार भएपछि नागरिकहरुले अझै सहजै सूचना पाउन नसकेको उहाँको भनाइ थियो ।

सूचनाको हकका लागि गण्डकी प्रदेशका पूर्व सँयोजक विशेष पन्तले गण्डकी प्रदेशमा सूचना लुकाउने जिल्लामा गोरखा जिल्ला अग्रपँक्तिमा रहेको र पछिल्लो समय यसको वेथिति अझै बढेको बताउनुभयो । नागरिकहरुले नियम अनुसार पाउनुपर्ने सूचना नपाउनुको कारण पत्ता लगाउन नसकिएको उहाँले बताउनुभयो । पछिल्लो समय स्थानीय तहले प्रवाह गर्ने सेवामा निम्न वर्गका नागरिकहरु सेवाबाट बञ्चित भएका उहाँको भनाइ छ । सूचना भनेको टेण्डरका विज्ञापनलाइ बुझ्ने र हामीले सूचना दिएका छौँ भन्ने सूचना अधिकारीको सँख्या बढेकोमा सबै सूचना अधिकारीहरुलाइ सूचनाको हकको तालिम आवश्यकता रहेको उहाँले बताउनुभयो ।

सूचनाको हकका लागि जिल्ला सञ्जाल गोरखाका अध्यक्ष राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न सँघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने सञ्जालका उपाध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here