भिमसेन थापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु, पालिकामा स्पोर्ट एकेडमीको परिकल्पना : अध्यक्ष बञ्जरा

शनिबार, माघ २८, २०७९
0
145

भिमसेन थापा गाउँपालिका

भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले स्पोर्ट एकेडमीको परिकल्पना गरिएको बताएका छन् । शु्क्रबारबाट बिन्द्रावती माध्यामिक बिद्यालयमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा बोल्दै भिमसेन थापा गाउँपालिकालाई खेलकुदको केन्द्रको रुपमा विकास गर्न सकिने बताए ।

उनले खेलकुदको विकासको लागी पालिका भित्रको कुनै एक बिद्यालयलाई खेलकुद बिशेष बिद्यालयको रुपमा स्तरोन्नती गर्ने सोच पालिकाले बनाएको समेत बताए। शुक्रबार बाट सुरु भएको खेल सोमबार सम्म हुनेछ । पालिका भित्रका १२ माध्यामिक तहका विद्यालयहरुबाट आएका विद्यार्थी खेलाडीहरुले १७ विधामा प्रतिस्पर्धा गर्ने छन् ।

उद्घाटन सत्रको पहिलो मैत्रीपूर्ण खेल भिमसेन थापा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच भएको थियो । त्यस खेलमा जनप्रतिनिधिको समुह बिजयी बनेको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष अमृता देवी वस्ती (भट्ट), प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी, सामाजिक विकास समिति संयोजक नारायण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख यान बहादुर नेपाली लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य विद्यालयका शिक्षक श्री गकुल प्रसाद भट्टज्यूले राखेका थिए ।  सबै विद्यालयहरुले मार्च पास प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक राम प्रसाद खनालले गरेका थिए ।

शुक्रबार भएको छेलो हान्ने प्रतियोगीतामा छात्रा तर्फ पाटनदेबी माबिकी रोसनी श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भईन् भने दुल्लभ माबिकी सिमा गुरुङ द्धितीय हुँदा शान्ति माबिकी शन्सिला श्रेष्ठले तृतीय स्थानमा चित्त बुझाईन । यता छेलो प्रतियोगीताकै छात्र तर्फ पाटनदेवी माबि कै कुशल कुमाल प्रथम भए भने नवज्योती माबिका सुरज श्रेष्ठ द्धितीय र सरस्वती माबिका सुरज देवी तृतीय भए । शुक्रबार नै भएको लङजम्प तर्फ छात्रमा प्रभात माबिका बुद्धि अधिकारी प्रथम भएका छन् । बिन्द्रावती माबिका दिपक सिर्मल द्धितीय भए भने सरस्वती माबिका अजित श्रेष्ठ तृतीय भएका छन् ।

छात्रा तर्फ भने संस्कृत माबिकी प्रमिला सुर्खेतीले प्रथम स्थान हाँसिल गर्न सफल भएकी छन् भने प्रभात माबिकी सीता बयलकोटी द्धितीय हुँदा भगवती माबिकी प्रतिक्षा सुर्खेतीले तृतीय स्थान बनाएकी छन् । भलिवल, हाईजम्प तथा दौडका खेलहरु शनिबार र आईतबार हुने पालिका खेल शिक्षक दिपक परियारले  दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here