गोरखा । जनयुद्ध दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक विदाको विषयमा दिएको अमर्यादित अभिव्यक्ति प्रति द्रब्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले माफी मागेकाे बताएका छन् ।
आज विहानै क्याम्पस प्रमुखकाे कार्यकक्षमा पुगेकाे अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष अनिस अर्याल र अन्य विद्यार्थीहरुसँग छलफल गर्दै आफूले क्याम्पस प्रमुख भएर भन्दा पनि व्यक्तिगत विचारले फेसबुकमा लेखेकाे र कसैलाइ चित्त दुखेकाे भए माफी माग्दछु उनले भने ।
सरकारले जनयुद्ध दिवसको अबसरमा फागुन १ गतेका दिन सार्वजनिक बिदा दिएपछि क्याम्पस प्रमुख दुवाडीले जनयुद्ध शब्दलाई वैधानिकताको धृष्टता गर्ने वर्तमान सरकार मुर्दावाद भन्दै सामाजिक सन्जालमा लेखेका थिए ।
क्याम्पस प्रमुख दुवाडीले पदिय मर्यादा समेत भुलेर अभिव्यक्ति दिएको भन्दै अनेरास्ववियू क्रान्तिकारीले अमर्यादित अभिव्यक्ति सच्याउन माग गरेका थिए । विद्यार्थी सगठनको चेतावनी पछि मँगलबार विहान विद्यार्थीहरु अगाडी आफ्नो अभिव्यक्तिले विद्यार्थी सँगठनकाे स्वभिमानमा चोट पर्न गएको महसुस भएको भन्दै माफि गरिदिन भनेका हुन् ।