चुमनुब्रीमा यातायातका सवारी साधन पुग्याे

बुधबार, फाल्गुन ३, २०७९
जगतमा पार्किक गरिएका सवारी साधन : तस्वीर विशाल घले

गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिकामा यातायातका सवारी साधन पुगेका छन् । आज मालवाहक सवारी र साना सवारी सिर्दिवासकाे जगतमा पुगेका हुन् ।

बेनिघाट, आरुघाट, रुइला सडक खण्डकाे मध्यभागमा पर्ने जगतमा सवारी साधन पुगेकाे हाे । सवारी साधन जगतमा पार्किङ गरेर राखिएकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामकुमार गुरुङले बताए ।

यातायात आइपुगेपछि अव माथिल्लाे क्षेत्रका नागरिकहरुलाइ सुविधा पुग्ने उनले बताए । गाउँपालिका अध्यक्ष निमा लामा उत्तरी गाेरखामा यातायात छिटाे पुर्याउन भन्दै निर्वाचनका समय प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएका थिए । नेपाली सेनाले अर्मला देखि माछीखाेला सम्मका सडक यस अघि नै सडक विभागलाइ हस्तान्तरण गरिसकेकाे छ । माथिल्लाे क्षेत्रमा काम गरिरहेकाे छ । बैशाख महिना सम्म चुमनुब्रीकाे केन्द्र सम्म यातायात पुर्याउने नेपाली सेनाले जनाएकाे छ ।