गाेरखा । गाेरखा नगरपालिकामा आज हुने भनिएकाे कार्यपालिका बैठक स्थगित भएकाे छ । बैठककाे तयारी नपुगेका कारण बैठक स्थगित भएकाे नगरपालिका स्राेतले जानकारी दिएकाे छ। बैठकमा बहुमत सदस्यहरुकाे उपस्थिति थियाे तर आन्तरिक तयारी नपुगेका कारण बैठक स्थगित गर्नुपरेकाे उनकाे भनाइ छ । अर्काे मिति तय गरेर बैठक बाेलाइने नगरप्रमुख कृष्ण बहादुर रानाले बताए ।






