आमाबाबुले आफ्ना छाेराछाेरीकाे सदैव ख्याल राख्नुपर्दछ : मेयर रानामगर

बिहिबार, फाल्गुन ४, २०७९
0
152

गाेरखा । गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर रानामगरले आफ्ना छाेराछाेरीहरुलाइ गलत सँगतमा पर्न नदिन सदैव ख्याल गर्नुपर्ने बताएका छन् ।

गाेरखा नगरपालिका १२ स्थित हिमालयन युवा क्लवकाे तेस्राे वार्षिकाेत्सव कार्यक्रमलाइ सम्बाेधन गर्दै नगरप्रमुख रानाले आजका युवाहरुलाइ असलसँगतमा राखेर देशका लागि राम्राे जनशक्ती उत्पादनमा जाेड दिनु सबै अभिभावकहरुकाे कर्तव्य हुने बताए ।

कार्यक्रममा युवाहरु दुर्व्यसनीमा परेका र यसलाइ राेक्न पर्ने सम्बन्धी जनचेतनामुलक नाटक प्रस्तुत भएकाे थियाे । कार्यक्रममा तीन दिन सम्म चल्ने क्लवका अध्यक्ष मनाेज देवकाेटाले बताए  ।

क्लवका अध्यक्ष देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाेरखा नगरपालिका उपप्रमुख मसलीमाया थाेकर पुन, महेन्द्र मावि कुन्दुरका प्रधानाध्यापक गाेपालबाबु मरहट्टा, वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापा मगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन क्लवका सचिव इश्वर प्रसाद सँग्राैलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here