Home Breaking News उच्चपदस्थ अधिकारीहरुको आवागमनमा नागरीकलाइ सास्ती हुनुहुँदैन : राष्ट्रपति  पौडेल 

उच्चपदस्थ अधिकारीहरुको आवागमनमा नागरीकलाइ सास्ती हुनुहुँदैन : राष्ट्रपति  पौडेल 

आइतवार, चैत्र १२, २०७९
0
114

राष्ट्रपति रामचन्द्र पाैडेल

१२ चैत, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले उच्चपदस्थ अधिकारीहरुको भ्रमणका क्रममा भनिनेको गरेको सवारीलाइ आवागमन भन्नुपर्ने र आवागमनका क्रममा नागरिकहरुलाइ सास्ती दिन नहुने बताएका छन् ।

गोरखा सँग्रहालयमा भएको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछिको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले भने, ‘जनताका प्रतिनिधि हामी जनतालाइ सास्ती दिने काम गुर्नुहुँदैन । सवारीलाइ आवागमन बनाइ सरल बनाउनुपर्दछ’   ।

गोरखा भ्रमण आफ्नो धार्मिक र साँस्कृतिक भ्रमण रहेको उनकाे भनाइ छ । गोरखा जिल्लाको पर्यटन प्रवर्दनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने राष्ट्रपति  पौडेलले बताए । राष्ट्रपति  पौडेल  कार्यक्रम सकेर काठमाण्डौ फर्केका छन् ।

NO COMMENTS