राजेन्द्र न्यौपाने
१२ चैत, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न आज गोरखा आइपुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा आउनुभएका पौडेलले मन्दिरमा पुजा गरेका छन् ।
राष्ट्रपति पौडेलले गोरखा सँग्रहालय परीसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरेका छन् ।
राष्ट्रपति पौडेललाइ गोरखाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलकाहरु प्रमुखहरु र सर्वसाधारण नागरिकहरुले स्वागत गरेका थिए ।






