Home Breaking News आवश्यकताका आधारमा बजेट विनियोजन हुन्छ : काँग्रेस नेता पाण्डे

आवश्यकताका आधारमा बजेट विनियोजन हुन्छ : काँग्रेस नेता पाण्डे

बुधबार, चैत्र २९, २०७९
0
130

२९ चैत, गोरखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले पहुँचका आधारमा नभई आवस्यकताका आधारमा प्रदेश सरकारले बजेट र कार्यक्रम बनाउने बताएका छन् ।

गोरखामा बुधवार पत्रकारहरुसँगको भेटघाटमा उहाँले भन्नुभयो, ‘मकै छरेजस्तो बजेट छरेर हुँदैन, हामीले प्रदेश सरकारको कार्यकाल भित्र पुरा गर्ने योजना मात्रै छनौट गर्छौँ ।’ केहीदिनमा कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने बताउँदै उनले  अब बन्ने सरकारले लिने योजनाका बारेमा जानकारी दिएका हुन् ।  अहिले योजना धेरै बजेट अभाव हुँदा काम गर्न समस्या भएको बताए ।

प्रदेश निर्वाचन क्षेत्र गोरखा २ ‘ख’ का सर्वसाधारण जनतासँग भेटघाट गर्नुभएका नेता पाण्डेले स्थानीयको पहिलो माग स्तरीय सडक रहेको बताए । पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा भ्रमण गरेका थिए ।

बुधवार बिहान गोरखामा कांग्रेस र माओवादी केन्द्रका नेताहरु बिच छलफल भएको थियो । बिकास निर्माण, बजेट, योजनामा एकरुपता ल्याउने विषयमा छलफल भएको नेता पाण्डेले बताए ।  पार्टीबिचको समन्वय, बिकास निर्माण र राजनीतिक विषय लगायतका बारेमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

NO COMMENTS