Home Breaking News भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका नागरिकले व्यक्तिगत घटना दर्ता घरबाट गर्न सक्ने

भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका नागरिकले व्यक्तिगत घटना दर्ता घरबाट गर्न सक्ने

मङ्लबार, भदौ १९, २०८०
0
114

गोरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता घरैबाट गर्नसक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ देखि गाउँपालिका भित्रका सवै नागरिकहरुले घरमै बसेर अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको हो ।

जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध बिच्छेदका घटना अब अनलाईन मार्फत सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले बताए । यस्ता कामका लागि वडा कार्यालयमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्ने उद्वेश्यका साथ अनलाईन सुरु गरिएको उनले बताए ।

घटना दर्ताका लागि मोवाईल वा कम्युटर मार्फत विवरण अनलाइन फारम भर्न सकिने गाउँपालिकाले जनाएको छ । भौगोलिक हिसावले जटिल रहेको भीमसेन थापा गाउँपालिका भित्रका केही वडाहरुमा कार्यालयसम्म पुग्न पनि घण्टौ हिड्नुपर्ने अबस्था रहेकाले नागरिकहरुलाई घरघरमा सेवा पुरर्याउन घटना दर्ता अनलाईन माध्यमबाट गर्न सुरु गरिएको हो ।

बसाईसराई नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकहरुका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने गाउँपालिकाले अनुमान गरेको छ । अनलाईन मार्फत घटना दर्ताका गरेपछि सेवाग्राहीले टोकन प्राप्त गर्ने र सम्बन्धित वडा कार्यालय मार्फत घटना दर्ता प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । अनलाईन फारम भर्नका लागि वेबसाइट र क्युआर कोड दुवै प्रयोगमा ल्याइएको छ ।

 

NO COMMENTS