Home अपराध/ दुर्घटना राजश्व कार्यालय दाङका कर अधिकृत सापकाेटा नेपालगँजमा पक्राउ

राजश्व कार्यालय दाङका कर अधिकृत सापकाेटा नेपालगँजमा पक्राउ

मङ्लबार, भदौ २६, २०८०
0
88

नेपालगँज ।  प्रहरीले झोलामा २६ लाख रुपियाँ शंकास्पद रकम बोकेर हिंडेका एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । उहाँलाई सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत शाखा अधिकृत खगेन्द्र सापकोटाको झोला विमानस्थलमा सुरक्षा जाँच गर्दा ठूलो परिमाणमा नगद फेला परेको हो ।

बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार झोलामा ठूलो मात्रामा शंकास्पद पैसा फेला परेकाले उहाँलाई नियन्त्रणमा लिइएको हो । सापकोटा बिहान ८ः४५ बजे श्री एयरको जहाजबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । सापकोटासँगै आएका अर्का व्यक्ति भने फरार भएको प्रहरीको भनाई छ ।

NO COMMENTS