काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रि वि शिक्षण अस्पताल महाराजगँज पुगेका छन् । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको खबरसँगै अवस्था बुझ्न प्रधानमन्त्री अस्पताल पुगेका हुन् । यतिबेला अस्पतालमा नेताहरु आउने क्रम बढेकाे छ ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पतालमा १ :३० बजे पुर्याइएकाे थियाे । हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।






