गाेरखा । जनताका समस्या बुझ्न माओवादी गाउँ पसेकाे छ । भदाै १६ गते देशभरी रहेका वडा कार्यालयहरुमा एकसाथ तीन महिने अभियानकाे उद्घाटन भएकाे थियाे ।
गाउँमा जाने र जनताका समस्याहरुकाे अवस्था बारे बुझेर त्यसलाइ सम्बाेधन गर्न प्रचण्डले निर्देशन दिएका छन् । जनताका अनेकाैँ समस्याहरु हुन सक्छन् तीनिहरुलाइ अक्षरस सुन्ने र स्राेत साधनले भ्याए सम्म सम्बाेधन गर्न उनले निर्देशन दिएका हुन् ।
हिजाे जनतासँगै रहेकाे माओवादी पछिल्लाे समय सत्ता केन्द्रित भएर जनतालाइ विर्स्याे की भन्ने आराेप लागिरहेका बेला माओवादी गाउँ पसेकाे हाे । कतिपय माओवादी नेताहरु पार्टी कार्यकर्ताकाे अहाेरात्र खटाइबाट निर्वाचनमा निर्वाचित हुने र सत्तामा पुगेपछि आफ्नै बलमा निर्वाचित भएकाे भन्दै आएका छन् । माओवादी नेताहरु लाेभरहित हुन सकेका छैनन् । केन्द्रिय नेतृत्वले प्रविधि विस्तारमा जाेड दिए पनि प्रदेश र स्थानीय तहका माओवादी नेताहरु प्रविधिकाे परिवर्तनलाइ स्वीकार गर्न सकिरहेका छैनन् ।
निर्वाचनमा विजयी हुन पार्टी कार्यकर्ताकाे सहयाेग लिने र सत्तामा पुगेर अवसर दिनेक्रममा छाेराछाेरा, भान्जाभान्जी, ज्वाइँजेठान लगायतका आफन्तजनहरुलाइ मात्रै सम्झने परीपाटीले पार्टी सिमित व्यक्तिकाे सेवाका लागि मात्रै स्थापना भएकाे कार्यकर्ताहरुले बताउने गरेका छन् । सत्ताधारी माओवादी नेताहरु कमिसनकाे माेहमा याेजना बाँडफाँड गर्ने काँग्रेस एमाले प्रवृतिमा देखिएका छन् ।
कार्यकर्तामा देखिएकाे वितृष्णा सुन्न र समस्या समाधान गर्न सत्ता बाहिर रहेका र स्थानीय सत्ताका माओवादीका नेताहरु गाउँगाउँमा कार्यकर्ता माझ पुगेका छन् ।
माओवादीकाे सत्ता सञ्चालन प्रक्रियाप्रति जनताहरु अझै आशावादी रहने गरेका छन् । समाजवाद तर्फ रहेकाे माओवादीले जनतालाइ समान ढँगले सेवासुविधा दिनुपर्ने अडान लिँदै आएकाे छ ।