Home Breaking News पालिकाकाे नेतृत्व गर्दै यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन भिमसेनका अध्यक्ष बञ्जरा...

पालिकाकाे नेतृत्व गर्दै यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन भिमसेनका अध्यक्ष बञ्जरा चीन प्रस्थान

मङ्लबार, कार्तिक २८, २०८०
0
203

गाेरखा । उत्कृष्ट गाउँपालिकाको नेतृत्व गर्दै लोकप्रसाद बञ्जरा यूसीएलजी एस्प्याक कंग्रेसमा  भाग लिन चीन प्रस्थान गरेका छन् । भिमसेन थापा गाउँपालिका गोरखाका अध्यक्ष लोक प्रसाद बञ्जरा मंसिर १ गते सम्म हुने यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन छिमेकी मुलुक चीन प्रस्थान गरेका हुन् ।

विश्वभरका स्थानीय निकायका प्रमुखहरुको भेला हुने कार्यक्रममा नेपालबाट उत्कृष्ट गाउँपालिकाको प्रतिनिधित्व गर्दै उनी लगायत नेपालका  पालिकाबाट कार्यक्रममा सहभागी छन् ।

बञ्जरा निर्वाचित भएपछि गोरखाको ११ औं स्थानीय तह मध्ये कार्यसम्पादनमा ११ औं स्थानमा रहेको पालिकालाई तेस्रो स्थानमा ल्याएका गण्डकी प्रदेशकाे रेकर्डमा उल्लेख छ ।

एक वर्ष ६ महिनाको कार्यकालमा कार्यसम्पादनमा देखिएका  प्रगति, विकामस निर्माण, आवधिक योजना, प्रशासनिक प्रगतिका आधारमा भिमसेनथापा गाउँपालिका छनोट भएकाे थियाे । चीनमा हुने  कँग्रेस बैठकमा संघीयताको मोडल, सरकार सञ्चालन र समस्याका विषयमा छलफल हुनेछ । नाेभेम्बर १७ सम्म चल्ने कार्यक्रमका लागि बञ्जरा बेइजिङका लागि आइतबार प्रस्थान गरेका थिए ।

NO COMMENTS