गाेरखा । उत्कृष्ट गाउँपालिकाको नेतृत्व गर्दै लोकप्रसाद बञ्जरा यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन चीन प्रस्थान गरेका छन् । भिमसेन थापा गाउँपालिका गोरखाका अध्यक्ष लोक प्रसाद बञ्जरा मंसिर १ गते सम्म हुने यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन छिमेकी मुलुक चीन प्रस्थान गरेका हुन् ।
विश्वभरका स्थानीय निकायका प्रमुखहरुको भेला हुने कार्यक्रममा नेपालबाट उत्कृष्ट गाउँपालिकाको प्रतिनिधित्व गर्दै उनी लगायत नेपालका पालिकाबाट कार्यक्रममा सहभागी छन् ।
बञ्जरा निर्वाचित भएपछि गोरखाको ११ औं स्थानीय तह मध्ये कार्यसम्पादनमा ११ औं स्थानमा रहेको पालिकालाई तेस्रो स्थानमा ल्याएका गण्डकी प्रदेशकाे रेकर्डमा उल्लेख छ ।
एक वर्ष ६ महिनाको कार्यकालमा कार्यसम्पादनमा देखिएका प्रगति, विकामस निर्माण, आवधिक योजना, प्रशासनिक प्रगतिका आधारमा भिमसेनथापा गाउँपालिका छनोट भएकाे थियाे । चीनमा हुने कँग्रेस बैठकमा संघीयताको मोडल, सरकार सञ्चालन र समस्याका विषयमा छलफल हुनेछ । नाेभेम्बर १७ सम्म चल्ने कार्यक्रमका लागि बञ्जरा बेइजिङका लागि आइतबार प्रस्थान गरेका थिए ।