Home Breaking News द्रव्यशाह क्याम्पसले ल्यायाे कर छुटमा बस

द्रव्यशाह क्याम्पसले ल्यायाे कर छुटमा बस

बुधबार, फाल्गुन ३०, २०८०
0
227

द्रव्यशाह बहुमुखी क्याम्पसकाे नयाँ बस । तस्वीर अभिषेक तामाङ

अभिषेक तामाङ । जिल्लाकाे लक्ष्मी बजारमा रहेकाे द्रव्यशाह बहुमुखि क्याम्पसले कर छुटमा बस ल्याएकाे छ । विद्यार्थीहरुकाे सुविधालाइ ध्यानमा राखेर क्याम्पसले बस खरिद गरेकाे हाे ।

गाेरखा नगरपालिकाबाट प्राप्त सात लाख रुपैयाँ र बाँकी रकम क्याम्पसकाे काेषबाट लगानी गरिएकाे क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए ।

बजार मूल्य ४८ लाख रहेकाे उक्त बस करिव ३० लाख रुपैयाँमा ल्याउन सकिएकाे दुवाडीकाे भनाइ छ ।

क्याम्पसका लागि एउटा बस आवश्यक भएकाेले  विद्यार्थीहरुकाे हितका लागि सबैकाे सहयाेगमा बस ल्याएकाे अखिल क्रान्तिकारी द्रव्यशाह बहुमुखि क्याम्पसका इकाइ अध्यक्ष अनिस अर्याल (ज्याक) ले बताए ।

सामुदायिक क्याम्पसलाइ करछुटमा बस दिने प्रावधान अनुसार क्याम्पसकाे नाममा दर्ता गरेर ल्याइएकाे उनले बताए । नियम विद्यार्थीहरु ल्याउन र लैजान बसकाे प्रयाेग गरिने क्याम्पस प्रमुखकाे भनाइ छ ।

 

 

 

 

NO COMMENTS