सामुदायिक विद्यालयलाइ अब्बल बनाउन भिमसेन गाउँपालिकाद्वारा “विद्यार्थी खोजौ र विद्यालय बचाऔ” अभियान संचालन

बिहिबार, चैत्र १, २०८०
0
206
भिमसेन थापा गाउँपालिका ५ स्थित मिलनवस्ती ।

गाेरखा । जिल्लाकाे भिमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्न नयाँ रणनीति ल्याएकाे छ ।  सार्वजनिक पद धारण गरेका व्यक्तिहरु सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न पालिकाले सूचना जारी गरेकाे छ ।  भिमसेनथापा गाउँपालिकाको मिति २०८०।११।३० को निर्णयानुसार गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्याउने उद्धेश्यले भिमसेनथापा गाउँपालिकाभित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालवालिकाहरुलाई सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ देखि अनिवार्य
रुपमा भर्ना गराउने निर्णय भएको हुँदा माथि उल्लेख भए बमोजिमका व्यक्ति तथा पदाधिकारीहरुले अनिवार्य रुपमा आफ्ना बाबुनानीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराई भिमसेनथापा गाउँपालिकाको शिक्षालाई बालमैत्री, गुणस्तरिय प्रतिस्पर्धी एवं नतिजामुलक बनाउन सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिकताका साथ अनुरोध गरेकाे छ ।

पालिका भित्र रहेका  ८ वटै वडाहरुमा “विद्यार्थी खोजौ र विद्यालय बचाऔ” अभियान संचालन गरी माथि उल्लेखित कुन-कुन पदाधिकारीहरुका बालबालिकाहरु सामुदायिक विद्यालयहरुमा भर्ना नभई निजी वा संस्थागत विद्यालयहरुमा अध्ययनरत छन्, आफ्नो वडाभित्रको सम्पुर्ण विवरणहरु मिति २०८०।१२।१५ भित्र शिक्षा, युवा तथा खेलकुद शाखा, घ्याम्पेसालमा पठाईदिनुहुन भनि  अनुरोध गरेकाे छ ।

आफ्ना बाल बालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराई सो को सामुदायिक विद्यालयहरुको विकास र व्यवस्थापनमा यहाँहरुको विशेष योगदानको जानकारी शिक्षा, युवा तथा खेलकुद शाखा, घ्याम्पेशाल, गोरखामा उपलब्ध गराउनुहुन समेत सम्बन्धित सबैको जानकारीको सम्बन्धित निकायलाइ वाेधार्थ सहित पत्राचार गरेकाे छ ।

आफ्ना पालिका भित्र रहेका बालबालिकाहरुलाइ असल शिक्षा दिएर सक्षम बनाउनु पालिकाले आफ्नाे कर्तव्य मानेकाे छ । कुनैपनि बालबालिकाहरु विद्यालय बाहिर रहन नहुने पालिका अध्यक्ष लाेक प्रसाद बञ्जराले बताए  ।

सरकारी धाराकाे पानी मिठाे, सरकारले बनाएकाे बाटाे राम्राे, स्वास्थ्य सँस्था सरकारकै भरपर्दाे , सरकारी जागिर राम्राे तर आफ्ना बालबालिकाहरु आफूले शिक्षण गर्ने सुविधा सम्पन्न  विद्यालयमा शिक्षण नगरी नीजि विद्यालयमा भर्ना गरेर पढाउने प्रचलन यस पालिकामा अझैपनि कायमै रहेकाे पाइएकाे शिक्षा अधिकृतकाे भनाइ छ । बालबालिकालाइ असल शिक्षा प्रदान गर्न पालिका सँधै सकरात्मकताका साथ काम गरिररहेकाे गाउँ कार्यपालिका सदस्य रञ्जन रिमालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here