राष्ट्रिय भुमि आयोग जिल्ला समिति, गोरखाले आफ्ना काम द्रुत गतिमा अघि बढायाे

शुक्रबार, चैत्र २, २०८०
0
249

अभिषेक तामाङ

गाेरखा २ चैत ।  राष्ट्रिय भुमि आयोग जिल्ला समिति, गोरखाले आफ्नाे काम द्रुत गतिमा अघि बढाएकाे छ । कामकाे विवरणको विषयमा आयोजित पत्रकार सम्मेलनमा कमला भुमि आयोग अध्यक्ष प्रमुख  कमला नर्की नहर्की उक्त जानकारी दिएकी हुन् ।

भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन
गर्न गठित राष्ट्रिय भूमि आयोगले आवश्यक ऐन, नियम, नियमावली, कार्यविधि, तथा निर्देशिकाहरु निर्माण गरि तिनै
तहका सरकारसँग आवश्यक समन्वय र सहकार्यमा आफ्नो भूमिकालाई अगाडि बढाउदै आएको छ ।

राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ अनुसार गत २०७८ चैत्र १७ गते गठन भएको राष्ट्रिय भूमिआयोग,गोरखाद्धारा आजसम्म यस जिल्ला भित्रका ११ वटै स्थानीय तहसँगको समन्वय र सहकार्यमा भए, गरेका कामहरुको कार्यप्रगति विवरणहरु जानकारीका लागि निम्नानुसार प्रस्तुत गरेकाे छ ।

१. जिल्ला समितिको गठन लगत्तै सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात २०७९ असारमा केन्द्रीय उपाध्यक्ष सहितको उपस्थितिमा ११ वटै पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र फोकल पर्सनको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । सोहि दिन सबै पालिकासँग कार्यसहमति पत्रमा हस्ताक्षर
गर्ने काम सम्पन्न ।

२ जिल्लाका सबै पालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीकाको लगत
संकलनका लागि २ पटकसम्म ३५ दिने सूचना प्रकाशन

३,यस अघिका आयोग,समिति या कार्यदलले गरेर अधुरा रहेका बाँकी काम बारे ३ पटकसम्म सूचना प्रकाशन
भएको । हालसम्म २ वटा निवेदन प्राप्त भएको (अघिल्लो समितिमा) तर डकुमेन्ट पुरा हुन नसकेको ।

४,हालसम्म ११वटा पालिकाको गरि जम्मा २८८ जना भूमिहिन दलित,१५७ जना भूमिहिन सुकुम्बासी र
३२१४जना अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ । लगत संकलन मध्ये ३४७४ जनाको प्रणालीमा
प्रविष्टि भएको छ । सिरानचोक र अजिरकोटमा(८२ जनाको) प्रणालीमा प्रविष्टि हुन बाँकी छ ।

५,धार्चेमा ८ जना सुकुम्बासीको लागि जग्गा नापनक्साको काम सम्पन्न भएको छ । अनुसूचि १२ अनुरुप सूचन
प्रकाशन भएको छ। १ हप्तापछि जग्गा दर्ताको काम सम्पन्न गरिनेछ । चैत्र १५ गते भित्र जग्गाधनि पुर्जा प्रदान
गर्ने लक्ष रहेको छ। धार्चेमा १३ जना भूमिहिन सुकुम्बासीको निवेदन परेको भएतापनि ४ जनाको छुट दर्तामा
जग्गा भएको पत्ता लागेको र १ जनाको आवश्यक कागजात नपुगेकाले प्रकृयामा अगाडि बढाउन नसकिएको ।

६,सहिद लखन गाउँपालिकामा नापनक्सा सुरुवात गर्ने संबन्धि अनुसूचि ८ बमोजिमको १५ दिने सूचना जारी
भएको छ । भिमसेन थापा, वारपाक सुलिकोट र गण्डकी गाउँपालिकाको स्थानीय तहबाट जग्गा नापनक्सा
प्रस्तावको तयारीमा रहेको जानकारी भएकाले तत्काल नाप नक्साको काम शुरु हुनेछ ।

७, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाको स्थानीय सहजिकरण समिति र
कार्यपालिकाले प्रमाणिकरण गरेर पठाउने तयारीमा रहेको छ ।

८,चुमनुब्रीको हकमा लगत संकलन र प्रविष्टिको काम भइरहेको तर मनास्लु संरक्षण क्षेत्र भएकाले तत्काल थप
प्रकृया अगाडि बढाउन नसकिएको ।

आवश्यक जनशक्ति, श्रोत साधनको अभावका अवस्थामा  पनि स्थानीय तहको सकृयता र सहकार्यमा बाँकी
कामलाइ द्रुतगतिमा सम्पन्न गरिने विश्वास लिएकाे नहर्कीले बताइन ।

कार्यक्रममा जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन कुमार थापा , सञ्चारर्कमीहरुकाे सहभागिता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here