गोेरखा, २६ असार । गोरखाको पालुङटार नगरपालिकाले चालु आर्थिक बर्षमा ८६ प्रतिशत भन्दाबढी बजेट खर्च गर्न सफल भएको छ । नगरपालिकाले मंगलबार सार्वजनिक गरेको बित्तीय प्रगती अनुसार चालु आर्थिक बर्ष २०८०।०८१ मा चालु खर्च र पुँजीगत खर्च गरी कुल ८६ दशमलब १७ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।
चालु आर्थिक बर्षमा बिनियोजन गरेको कुल ९६ करोड ८८ लाख ८ हजार ३९७ रुपैया ९३ पैसा बजेट बिनियोजन गरेकोमा ८३ करोड ४९ लाख ७ हजार १६ रुपैया ८३ पैसा खर्च गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । नगरपालिकाले चालुतर्फ ५८ करोड १४ लाख १६ हजार ३९७ रुपैया ९३ पैसा बिनियोजन गरेको थियो ।
जसमा ५० करोड ७४ लाख ९४ हजार ७७५ रुपैया ८३ पैसा खर्च भएको थियो । त्यस्तै पूँजीगत तर्फ नगरपालिकाले ३८ करोड ७३ लाख ९२ हजार रुपैया बिनियोजन गरेको थियो । बिनियोजन गरिएको मध्ये ३२ करोड ७३ लाख १२ हजार २४१ रुपैया खर्च भएको नगरप्रमुख चिन्तनले बताउनुभयो । पूजीगत तर्फ कुल ८४ दशमलब ४९ प्रतिसत र चालु तर्फ ८७ दशमलब ३ प्रतिशत बजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।