गोरखा, २६ असार । गोरखाको अजिरकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बित्तीय प्रगति ८२ प्रतिशत भन्दा धेरै हासिल गरेको छ । चालु आर्थिक बर्षमा चालु खर्च तथा पूँजीगत खर्चमा गरी कुल ८२.८३ बजेट खर्च गर्न सफल भएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
गाउँपालिकाले चालु आर्थिक बर्षका लागि कुल ५१ करोड ६१ लाख ८ हजार रुपैया बजेट बिनियोजन गरेकोमा ४२ करोड, ५१ लाख ९८ हजार ७४६ रुपैया बजेट खर्च गर्न सफल भएको हो । जसमा पुँजीगत तर्फ १९ करोड ८० लाख ९ हजार रुपैया बिनियोजन भएकोमा १५ करोड ४७ लाख १ हजार ७२४ रुपैया खर्च भएको छ ।
यो पूँजीगत तर्फको कुल बजेटको ७८ दशमलब १३ प्रतिशत हो । त्यस्तै चालु तर्फ गाउँपालिकाले कुल ३१ करोड ८० लाख ९९ हजार रुपैया बिनियोजन गरेकोमा २७ करोड ०४ लाख ९७ हजार २१ रुपैया खर्च गरेको गाउँपालिकाले सार्वजनिक गरेको बित्तिय प्रगतिमा उल्लेख गरिएको छ ।





