Home Breaking News आज गाइजात्रा खुसीसाटासाट गरेर मनाउन जिल्ला प्रशासन कार्यालयकाे सूचना

आज गाइजात्रा खुसीसाटासाट गरेर मनाउन जिल्ला प्रशासन कार्यालयकाे सूचना

मङ्लबार, भदौ ४, २०८१
0
202

गाेरखा । आज गाइजात्रा । गाइजात्राका अवसरमा सँस्कृतिकाे जगेर्ना गर्नका लागि सभ्य तरिकाले खुशी साटासाट गरी उल्लासमय तरिकाले जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय गाेरखाले सूचना जारी गरेकाे छ ।

जात्राका अवसरमा मादप पदार्थ सेवन नगर्न, कुनै पनि हाेहल्ला र झै झगडा नगर्न प्रशासनले अनुराेध गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय गाेरखाले साैहाद्रपूर्ण रुपमा जात्रा मनाउन अनुराेध गरेकाे छ ।  मेला, पर्व, जात्रा लगायतका कार्यक्रमका नाममा हुने हुल, हुज्जत तथा अमर्यादित क्रियाकलाप प्रति जिल्ला प्रहरी कार्यालय गाेरखा सचेत रहेकाे र त्यस्ता किसिमका कानून विपरीतका कार्य गर्ने जाे काेहीलाई प्रचलित कानून बमाेजिम हदैसम्म कारवाही हुने कुरा प्रहरीले सूचनाद्वारा जानकारी गराएकाे छ ।

 

आज गाइजात्राकाे अवसरमा जिल्लाका अधिकाँश नेवार वस्ती भएका ठाउँमा जात्रा निकाल्ने गरिन्छ र जात्राकाे तयारी १५ दिन अघिदेखि गरिरहेका छन् । जिल्लाकाे सदरमुकाममा टाेल समूहहरुले आ आफ्नाे क्षेत्रमा जात्रा निकाल्ने गर्दछन् । सूरक्षा र डेङ्गु सँक्रमणलाई ध्यानमा राखी कतिपय टाेल समूहले आफ्नाे टाेल भित्र मात्र जात्रा प्रदर्शन गर्ने याेजना बनाएका छन् ।

गाेरखा जिल्ला सदरमुकाम, छेपेटार, पालुङटार, घ्याम्पेसाल, ताकुकाेट, गाँखु, भच्चेक, आरुघाट लगायतका क्षेत्रमा वर्षेनी गाइजात्रा लाग्ने गर्दछ ।

NO COMMENTS