गोरखा । दशै भरका किशोरीलाई लगाउने पाठेघर मुखको क्यान्सरबाट जोगाउने एचपीभी खोप गोरखामा पनि माघ २२ गतेदेखी २६ गतेसम्म लगाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
आवश्यक खोप प्रदेश, जनस्वास्थ्य कार्यालय गोरखामा आईपुगेको जनस्वास्थ्य अधिकृत नानीबावु दानीले जानकारी दिनुभयाे ।
स्कुलमा अध्ययनर तथा स्कुलबाहीर रहेका १० देखी १४ बर्षसम्मका किशोरीहरुलाई लगाउने खोप सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको हो ।
गोरखाको २ नगरपालिका र ९ पालिका सहित ११ स्थानिय तहमा कुल १० हजार २१४ जना किशोरीहरुले यो खोप पाउने छन् ।
पाठेघरको क्यान्सर बिरुद्व लगाइने यो खोप सबैभन्दा बढी गोरखा नगरपालिका र सबैभन्दा कम चुमनुब्री गाउँपालिकामा लगाइने अधिकृत दानीले बताउनुभयाे ।
दानीका अनुसार गोरखा नगरपालिकामा २ हजार ५७३ जनाले यो खोप पाउने छन् भने चुमनुब्रीमा गाउँपालिकामा १५५ जनाले लगाउने छन् ।
अजिरकोटमा ५३६ जना, आरुघाटमा १ हजार २ जना, गण्डकीमा ७६५ जना, धार्चे गाउँपालिकामा ६७७ जना र पालुङटार नगरपालिकामा १ हजार ५५८ जना किशोरीहरुलाई लगाउने गरी तथ्यांक सार्वजनिक भएको छ ।
यता भिमसेन थापामा ७१२ जना, बारपाक सुलिकोटमा ९८५ जना, शहिद लखनमा ५८१ जना र सिरानचोक गाउँपालिकामा ७२४ जनालाई खोप लगाउने तयारी पुरा भएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कक्षा ६ मा अध्ययनरत २ हजार ५४ जना र कक्षा ७ देखी १० सम्मका ८ हजार १६० जना तथा बिद्यालय बाहिर रहेका १० बर्षिया १ जना बालिका र १० देखी १४ बर्षकी ५३ जना गरी कुल १० हजार २१४ जनालाई खोप लगाईने छ ।
खोप लगाउनकालागी जिल्ला भित्र रहेको २०५ वटा खोप केन्द्र मध्य १९४ वटा सञ्चालनमा आउने छन् । २०५ जना स्वास्थ्यकर्मीहरु र ४१० जना स्वयम सेवक खोप लगाउने दिनमा खटिने पनि कार्यालयले जनाएको छ ।
कुन स्थानिय तहमा कती जना किशोरीले लगाउदै छन् ?