Home Breaking News हर्मी साना किसान कृषि सहकारी संस्था लि काे पाँचौं वार्षिक साधारण सभा...

हर्मी साना किसान कृषि सहकारी संस्था लि काे पाँचौं वार्षिक साधारण सभा सम्पन्न

आइतवार, फाल्गुन ११, २०८१
0
190
धन बहादुर तामाङ
हर्मी साना किसान कृषि सहकारी संस्था लि काे पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सिरानचाेक गाउपालिका वडा न ३ काे बिज्ञान प्राथमिक बिध्यालयकाे प्रङ्गणमा सस्थाले आफ्नाे पाचौं साधारण सभा सम्पन्न गरेकाे हाे  ।
साना किसान सहकारिकाे कार्य क्षेत्र धेरै छ गर्नु पर्ने धेरै रहेकाे कार्यक्रमका प्रमुख अतिथि सिरानचाेक गाउपालिका वडा न 3 वडा अध्यक्ष जगदिश्वर ढकालले बताउनुभयाे । “साना किसान सहकारी संस्था सरकार  सङ्ग समन्वयात्मक भुमिकामा अगाडि बढ्नु पर्ने सस्था हाे” ढकालले भन्नू भयाे । “सरकारी तवरबाट केही समस्या छ भने भन्नुहाेस हामी सहकार्य गरेर अगाडि जान तयार रहेकाे बताउनुभयाे ।
साना किसान कृषि सहकारी मार्फत पनि सरकारकाे उपस्थिति देखाउनु पर्ने भएकाे हुँदा याे सहकारी त्यसरि नै अगाडि बढ्नु पर्ने,  “मासिक रुपमा पैसा उठाउने र ब्याजमा लगाउनु मात्र यस सस्थाकाे काम हाेईन जनतामा केही आर्थिक परिवर्तन ल्याउनु यस सस्थाकाे उदेश्य हुन्छ । साना किसान कृषि सहकारी भएकाे हुदा यसले कृषिकाे धेरै काम गर्नु पर्ने  ढकालकाे भनाइ थियाे ।
साधारण सभामा सेयर सदस्यहरु सबै वर्षको एक दिन अनिवार्य उपस्थित हुनु पर्ने विशेष अतिथि पदमराज रेग्मीले बताउनु भयाे । याे साना किसान कृषि सहकारि देशमा सङ्घियता आउनु भन्दा पनि पहिले स्थापना भएकाे साना किसान बित्तिय सहकारी पाेखराका प्रमुख रेग्मिले बताउनु भयाे ।
कार्यक्रम सस्थाका अध्यक्ष  अमृत बाबू सापकाेटाकाे सभापतित्वमा भएकाे कार्यक्रममा बुद्धिजीवी जिवन ज्याेति ढकाल, महेन्द्र लिला माबिका प्रधानाध्यापक राम प्रसाद अधिकारिले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा सस्थाकाे अध्यक्ष तथा ब्यवस्थापकबाट प्रस्तुत प्रतिबेदन सर्वसम्मत पारित भएकाे थियाे ।

NO COMMENTS