धन बहादुर तामाङ
हर्मी साना किसान कृषि सहकारी संस्था लि काे पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सिरानचाेक गाउपालिका वडा न ३ काे बिज्ञान प्राथमिक बिध्यालयकाे प्रङ्गणमा सस्थाले आफ्नाे पाचौं साधारण सभा सम्पन्न गरेकाे हाे ।
साना किसान सहकारिकाे कार्य क्षेत्र धेरै छ गर्नु पर्ने धेरै रहेकाे कार्यक्रमका प्रमुख अतिथि सिरानचाेक गाउपालिका वडा न 3 वडा अध्यक्ष जगदिश्वर ढकालले बताउनुभयाे । “साना किसान सहकारी संस्था सरकार सङ्ग समन्वयात्मक भुमिकामा अगाडि बढ्नु पर्ने सस्था हाे” ढकालले भन्नू भयाे । “सरकारी तवरबाट केही समस्या छ भने भन्नुहाेस हामी सहकार्य गरेर अगाडि जान तयार रहेकाे बताउनुभयाे ।
साना किसान कृषि सहकारी मार्फत पनि सरकारकाे उपस्थिति देखाउनु पर्ने भएकाे हुँदा याे सहकारी त्यसरि नै अगाडि बढ्नु पर्ने, “मासिक रुपमा पैसा उठाउने र ब्याजमा लगाउनु मात्र यस सस्थाकाे काम हाेईन जनतामा केही आर्थिक परिवर्तन ल्याउनु यस सस्थाकाे उदेश्य हुन्छ । साना किसान कृषि सहकारी भएकाे हुदा यसले कृषिकाे धेरै काम गर्नु पर्ने ढकालकाे भनाइ थियाे ।
साधारण सभामा सेयर सदस्यहरु सबै वर्षको एक दिन अनिवार्य उपस्थित हुनु पर्ने विशेष अतिथि पदमराज रेग्मीले बताउनु भयाे । याे साना किसान कृषि सहकारि देशमा सङ्घियता आउनु भन्दा पनि पहिले स्थापना भएकाे साना किसान बित्तिय सहकारी पाेखराका प्रमुख रेग्मिले बताउनु भयाे ।
कार्यक्रम सस्थाका अध्यक्ष अमृत बाबू सापकाेटाकाे सभापतित्वमा भएकाे कार्यक्रममा बुद्धिजीवी जिवन ज्याेति ढकाल, महेन्द्र लिला माबिका प्रधानाध्यापक राम प्रसाद अधिकारिले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा सस्थाकाे अध्यक्ष तथा ब्यवस्थापकबाट प्रस्तुत प्रतिबेदन सर्वसम्मत पारित भएकाे थियाे ।






