Home Breaking News याेङ कम्युनिष्ट लिग (वाइसियल) गाेरखा अध्यक्षमा गुरुङ निर्विराेध

याेङ कम्युनिष्ट लिग (वाइसियल) गाेरखा अध्यक्षमा गुरुङ निर्विराेध

मङ्लबार, जेष्ठ १४, २०८२
0
285

गाेरखा । याेङ कम्युनिष्ट लिग (वाइसियल) गाेरखाकाे  अध्यक्षमा सुसिल गुरुङ निर्विराेध चयन भएका छन् । जिल्ला सदरमुकाम गाेरखामा साेमबार भएकाे अधिवेशनले गुरुङकाे अध्यक्षतामा नयाँ समिति गठन गरेकाे हाे ।

समितिकाे उपाध्यक्ष सुवास तामाङ, एक बहादुर गुरुङ, मिरा उपरकाेटी , सचिव अञ्जन गुरूङ, इश्रवर मुडवरी रहेका छन् । भेलाले ७१ सदस्यिय समिति निर्माण भएकाे हाे ।

भेलालाइ  नेकपा माअाेवादी केन्द्रका सह इञ्चार्ज गण्डकी प्रदेश इञ्चार्ज हरीराज अधिकारीले सम्बाेधन गरेका थिए ।

दुइ वटा नगरपालिका र ९ गाउँपालिकाबाट अाएका प्रतिनिधिहरूकाे भेलाले नयाँ समिति चयन गरेकाे हाे । कार्यक्रम सागर श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे ।

 

 

NO COMMENTS