Home Breaking News गोरखामा रोकिराखेको बस दुर्घटना हुँदा २१ जना घाइते

गोरखामा रोकिराखेको बस दुर्घटना हुँदा २१ जना घाइते

आइतवार, मंसिर १५, २०८२
0
105
१४ मँसिर, गोरखा । गोरखाको बाह्रकिलोमा रोकिराखेको बस एक्कासी गुड्दा दुर्घटना हुन पुगेको छ । बस सडकबाट १० मिटर तलखस्दा बसमा रहेका २२ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते २१ जनालाई उपचारका लागि गोरखा अस्पताल र एक जनालाई चितवन पठाइएको प्रहरीले जानकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

बस स्टार्टमा राखेर चालक यात्रु खोज्न चोकतिर गएका बेला गोरखाबाट नारायणढका लागि छुटेको ना ४ ख १४१९ नम्बरको बस यात्रु सहित जँगलमा खसेको हो । बसका चालक  र सहचालक प्रहरी नियन्त्रणमा रहेका प्रवक्ता श्रेष्ठले जानकारी
दिनुभयो  ।

NO COMMENTS