Home Breaking News धार्चे गाउँपालिका दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धार्चे गाउँपालिका दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आइतवार, बैशाख १३, २०८३
0
4
१३ वैशाख, गोरखा । धार्चे गाउँपालिका गोरखाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राक स्थित मनिकाङ डाँडामा कार्यक्रम भएको थियो ।

धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले गाउँपालिकाले साउनदेखि फागुन मसान्त सम्म पालिकाले गरेका कामहरुको बारेमा जानकारी दिनु भएको थियो । शिक्षा, स्वास्थ्य, कृषि, पशु, पुर्वाधार, सामाजिक विकास शाखाका प्रगतिहरुका बारेमा जानकारी दिइएको थियो ।
गोरखा जिल्लाका ११ स्थानीय तह मध्ये धार्चे गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुले स्थानीय स्तरमा परेका समस्याहरुका बारेमा जानकारी गराउँदै समाधान उपायहरु बारेमा सुझाव दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका दलवीर गुरुङले पालिकाले गरेका दिर्घकालिन विकासका पक्षहरु राम्रो रहेको बताउनुभयो ।
नेकपा एमालेका राम गुरुङ, स्थानीय अगुवा करण गुरुङ, आमा समूहका अध्यक्ष स्मृति गुरुङ लगातयले स्थानीयले समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुनिला गुरुङ, शाखा प्रमुखहरु, स्थानीय बुद्धिजिवि, वडा अध्यक्षहरु, वडा सदस्यहरु जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाले दोस्रो चौमासिक सम्म ५३ प्रतिशत वित्तिय प्रगति गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो । पालिका भित्रका १८ वडा योजनाहरुको कार्य सम्पन्न भएको र अन्य योजनाहरु कार्यन्वयनको चरणमा रहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जेनजी आन्दोलन र निर्वाचनका कारण योजना कार्यान्वयनको चरण धकेलिएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष किसान गुरुङले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

NO COMMENTS