नुन त ठिक्कै छ त खानामा, हिजो मात्रै कम थियो अँ कसैले नदेख्या बेला बाहुनले तिहुन चाख्यो होला

बुधबार, मंसिर ३, २०७७
0
198

के सोच्यो होला,के भन्यो होला,कुरा काट्यो होला
आफ्नो काम सहि छ भने “ऊ” किन दौड्यो होला

फोन गरौन यार , म सँग फुर्सद छ , मिल्छ भने ,
ओ! प्रिया,अमेरीकामा त रातको बाह्र बज्यो होला

कति बाटो बनाउनु,खोक्रो बनाउने को रहेछ यहाँ
भेट्न् कहाँ जादैँछौ ऊ मुसा जस्तै हो लुक्यो होला

नुन त ठिक्कै छ त खानामा, हिजो मात्रै कम थियो
अँ कसैले नदेख्या बेला बाहुनले तिहुन चाख्यो होला

यी आत्महत्या गर्न पाएन भनेर चिन्ता गर्नेहरुले ,
अचम्म छ , आखिर चिन्ता केको लागि गर्यो होला
नरेन्द्र बिष्ट , बझाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here