आज देश भर एक हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, मंसिर ३, २०७७
0
112

 मंसिर  ३ ,काठमाडौ  ।  नेपालमा पछिल्लो २४ घन्टामा  एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष र ५३४ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । २४ घन्टामा तीन हजार ५३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख ८२ हजार ७८० जनाका कोरोना मुक्त भएका छन् । जुन कुल संक्रमितको ८५.८ प्रतिशत हो । २ुं८ हजार ८७८ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २६ हजार ४२१ जना होम आइसोलेसनमा छन् भने ३२६ जनाको आइसियू र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपालञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० बढी सक्रिय संक्रमित छन् भने मनाङमा सक्रिय संक्रमित छैनन् ।गएकाे २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार २५९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here