कार्तिक ३ ,दमौली। तनहुँकाे पर्यटकिय स्थल मानुङ डाँडामा बस दुर्घटना भएको छ। सुर्योदय अवलोकनका लागि यात्रु बोकेर दमौलीबाट मानुङतर्फ जाँदै गरेको ग १ ख २९४२ नम्बरको यात्रुवाहक हायस बस भीरबाट खसेर दुर्घटना भएको हो। दुर्घटना परि एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङ छन् । घटना लगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा ज्यान गएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए।
पाँच जना नागरिकहरु घाइते छन् । विहान ४;१५ बजेतिर उकालो लाग्दै गरेको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसके पछि ब्याक भएको थियो । सोही क्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शी अनुप आलेले जानकारी दिए ।






