गाेरखा नगरपालिका भित्रका दुइ वटा मासु पसल नगरपालिकाद्वारा सिल

बिहिबार, माघ ८, २०७७
0
333

गोरखा । गोरखा नगरपालिका भित्र रहेका क्षेत्रका दुई वटा मासु पसल बुधबार सिल गरेको छ । मापदण्ड पूरा नगरी मासु पसल सञ्चालन गरेका पुरानो बसपार्क क्षेत्रको माइला फ्रेस हाउस र मनकामना मिट हाउस सिल गरिएको हो । जनप्रतिनिधी, नगरपालिकाका कर्मचारी, प्रहरी लगायतको उपस्थितीमा आज नगरपालिकाले मासु पसल सिल गरेको हो ।

बधशाला सञ्चालन नगरी दुर्गन्ध फैलिएको, पसलमा सरसफाईको कमि रहेको पाईएकाले दुईवटा मासु पसल सिल गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत चेतप्रसाद अम्गाईले बताए । नगरपालिकाले पटक पटक मापदण्ड पूरा गर्न लिखित तथा मौखिक निर्देशन दिएपनि ब्यबसायीले अटेरी गरेकाले सिल गर्न बाध्य भएको उनले बताए ।

मासु व्यवसायि र नगरपालिकाबिच व्यवस्थित रुपमा मासु पसल सञ्चालन गर्ने बिषयमा यसअघि सम्झौता पनि भएको  तर मनकामना मिट हाउसका सञ्चालक कृष्णबहादुर शाही र माइला फ्रेस हाउसका सञ्चालक जुक्तमान श्रेष्ठले सम्झौता कार्यान्वयन नगरेका प्रशासकिय अधिकृत अम्गाईले बताए । मापदण्ड अनुसार प्रक्रिया पूरा गरेर नगरपालिकामा व्यवसाय दर्ता गरी सञ्चालन गर्न चाहेमा पुनः व्यवसाय सञ्चालनको अनुमति दिने उनकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here