गाेरखा २२, माघ । गाेरखा नगरपालिका वडा नम्वर ६ पाेखरि थाेकमा आज भएको आगलागिमा चार घर जलेर नष्ट भएको छ । पाेखरिथाेक स्थित रणसिँ दल गण परिसरमा रहेका नयाँ घरहरु जलेका हुन् ।
स्थानीय कृष्ण बहादुर रावत, पुजा अधिकारी लगायतका घरमा आगलागि भएको सुचना पछि रणसिँ दल गणकाे अग्नि नियन्त्रण टिम र व्यास नगरपालिका तनहुबाट आएकाे दमकल, स्थानिय नागरिकहरु, रेडक्रसकर्मिले आगाे नियन्त्रणमा लिएका थिए । आगलागिमा परि घाइते भएकाा दुई जनालाई रेडक्रसकाे एम्बुलेन्सबाट अस्पताल लगिएको थियाे ।
घटना लगत्तै प्रमुख जिल्ला अधिकारी जम मनाेज खत्रिले घटना स्थलकाे प्रत्यक्ष अनुगमन गरि तत्काल राहत उपलब्ध गराउन निर्देशन दिए ।
नेपाल रेडक्रस साेसाइटि गाेरखा जिल्ला शाखालेे आगलागिमा परेका चार घर परिवारका लागि गैर खाद्य सामग्रि प्रदान गरेकाे वडा अध्यक्ष राम बहादुर सुनारले बताए ।(आगलागि नियन्त्रणका लागि नेपाली सेनाले आज गाेरखामा गरेकाे कृत्रिम घटना अभ्यास कार्यक्रम बाट )






