गाेरखा । प्रतिनिधि सभा पुनर्थापनाकाे माग गर्दै अखिल नेपाल महिला सँघ गोरखाले आइतबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।
पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानीक कदम चालेपछि देश अस्थिरता र मुडभेडतिर गैरहेको र प्रतिगामी कदमको समर्थनमा कुनै राजनैतिक पाटी, संविधान विद, वुद्धिजीवि तथा नागरीक समाज नभएको अनेमसंघ संघर्ष समिति गोरखाका शोभा लामीछानेद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।
महिला नेतृ माथि पुरुष प्रहरी लगाएर दमन, ज्याती र अत्याचार गर्ने हर्कत बढिरहेको पत्रमा उल्लेख गरिएको छ । असंवैधानिक कदमका निम्ति पश्चाताप गरी राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी संविधानलाई क्रियाशिल बनाउने पक्षमा लाग्न संघले अनुरोध गरेको छ ।
माघ २१ गते विद्यालयबाट घर नफर्किएकी २२ गते क्षतविक्षत अवस्थामा शव फेला परेकी बैतडी जिल्लाको दौगडा केदार गाँपालिका वडा नं. ७ की १७ वर्षीय भूमीका भट्टको हत्याको तुरुन्त छानवीन गरि दोषीमाथि कडा कार्वाहीको समेत माग गरेको छ ।






